Click here for a list of Nepali astronomical societies Click for links on Astronomy Clubs Worldwideग्रह भनेको आकाश मा डुलिरहने तारा हो
भन्ने मान्यता बाट पृथ्वी जस्तै सुर्य को
परिक्रमा गर्ने एक पिण्ड हो भन्ने मान्यता
मा परिवर्तन आएको हो। यो मान्यता
टेलीस्कोप अवलोकन र अन्तरीक्ष यात्रा/अन्वेषण
गरेपछि आएको हो।
ग्रह भनेको डुल्ने तारा भन्ने पुरानो
मान्यता अनुरुप, केवल ९ ग्रह रहेको
ज्योतिष हरु को मान्यता छ। यस पूर्वि
मान्यता मा पृथ्वी लाई ग्रह मानिदैन। आकाश
मा डुलिरहने यि ९
‘ग्रह’
मा बुध, शुक्र, मगंल, बृहस्पति, शनि,
शुर्य, चन्द्रमा, राहु र केतु पर्छन् जसको
पछाडिको ४ वटा लाई अहिले ग्रह मानिदैन
(राहु र केतु सुर्य र चन्द्र ग्रहण लाग्ने
नोड हुन्)। भने आँखाले नदेखिने अरुण, वरुण
र यम को बारे टेलीस्कोप को प्रयोग गर्नु
अघि कसैलाई केहि थाहा थिएन।
यी ग्रहहरु अत्यन्तै टाढा छन् र पृथ्विमा
रहेको हामी माथि पृथ्वीकै सबैभन्दा बेसि
गुरुत्वाकर्षण को बल पर्दछ। कुनै ग्रह को
हाम्रो दैनिक जिवन मा असर हुँदैन।
इतिहासमा केहि व्यक्तिहरूले आकाशीय पिण्ड
को स्थिति र पृथ्वी मा घट्ने घटना सगँ
तुलना गर्न थाले र ज्योतिषी को विकास गरे।
अहिले को वैज्ञानिक युगमा भने यसलाई
मान्यता दिईदैन किनभने यसमा कुनै
वैज्ञानिक आधार छैन। तर खगोलशास्त्र भने
एक विशाल विज्ञान हो। यसले ब्रम्हाण्डमा
हाम्रो स्थिति बताउछ र उल्का पिण्डहरू बाट
हुनसक्ने सम्भावित क्षति बाट सचेत हुन/बच्न
मद्दत गर्दछ। |